नेपालगन्ज महोत्सवको बिशेष आकर्षण ५ औं क्यान इन्फोटेक, ३० स्टल रहने
- | अर्थ | नेपाखबर | सूचना-प्रविधि
- ९ माघ २०८१, बुधवार
- नेपाखबर
नेपालगन्ज ९ माघ : नेपालगन्जमा आजदेखि सञ्चालनमा आउने प्रादेशिक महोत्सवमा ५ औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको आयोजक संस्था क्यान महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
क्यान महासंघ बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो । जसको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ सम्झौता गरिसकेको जनाएको छ ।
५ औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएनजीस्क्रीन रहेको छ, जसको इम्पोर्टर सगरमाथा आइटी ट्रेडर्स हो र सह–प्रायोजकमा डिजिटल पालिका रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५’ इन एसोसिएसन विथ डिजिटल पालिका रहेको छ ।
त्यस्तै ५औं क्यान इन्फोटेक २०२५ को प्लाटिनम स्पोन्सरमा म्याक्सिमा हिकभिजन (उग्रतारा इन्फोसिस), गोल्ड स्पोन्सरमा डिजिटल कर्नर, तथा सिल्भर स्पोन्सरमा सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन् ।
प्रदर्शनीको सीसीटीभी सर्भीलेन्स पार्टनर म्याक्सिमा हिकभिजन (उग्रतारा) एजुकेशन पार्टनरमा नेपालगन्ज क्याम्पस, अब्रोड स्टडी पार्टनरमा अल्फा बिटा, पावर सोलुसन पार्टनर पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, ई–गभर्नेन्स पार्टनर खजुरा गाँउपलिका, गभर्मेस युनिभर्सिटी पार्टनर लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी, बीमा पार्टनर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, इन्टरनेट पार्टनर भायनेट कम्युनिकेसन लिमिटेड, डिजिटल डिजाइन पार्टनर नेक्स्ट जेन इन्फोसिस प्रालि रहेका छन् ।
त्यस्तै प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसम पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, सोशल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी÷यात्रा मिडिया रहेका छन् ।
प्रर्दशनीलाई सफल पार्न खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलीकम, नेपालगन्ज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरुको सहकार्य रहने छ ।





0 Comments