प्रदेश सांसद माया पुनको पहलमा नेपालगन्जका महिलालाई चुरा, डोरी र कानको झुम्का बनाउने तालिम सुरु

प्रदेश सांसद माया पुनको पहलमा नेपालगन्जका महिलालाई चुरा, डोरी र कानको झुम्का बनाउने तालिम सुरु

नेपालगन्ज ३ असार : महिला तथा किशोरीलाई स्वरोजगार बनाउने उद्देश्यले नेपालगन्जमा महिलालाई चुरा, डोरी र कानको झुम्का बनाउने १० दिने तालिम सुरु भएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा कृष्टिना मल्टि स्किल इष्ट्रिच्युट प्रा.लि. नेपालगन्ज–१२ बाँकेको प्राविधिक सहयोगमा उक्त तालिम सुरु गरिएको हो । 

तालिमको लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति एवम् प्रदेश सांसद माया पुनले औपचारिक रुपमा उद्घाटन गरिन् । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै वर्ग, समुदायका महिलालाई समेटेर तालिम सञ्चालन गरिएको बताइन् ।

घरमा बसिरहेका महिलालाई आय, आर्जनसँग जोड्न तालिम दिन लागिएको उनको भनाई छ । ‘तपाईहरु घरमा गएर त्यसै बस्ने होईन, आफ्ना उत्पादनलाई बजारीकरण पनि गर्ने हो, उत्पादन गरेको सामानहरु प्रर्दशनीमा लगेर बिक्री गर्नुहोला,’ उनले भनिन् । 

आगामी दिनमा पनि आफुले महिलाका लागि तालिम प्रदान गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । तालिम सञ्चालनका लागि सांसद पुनको विशेष पहलमा लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट तालिम सञ्चालन गरिएको बताइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार एवम् समाजसेवी हेमन्त कर्माचार्य, नेपाल आदिवासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापामगर, नेपाल आदिवासी जनजाती महासंघ बाँकेका सचिव राजन रानामगर, प्रशिक्षक देवी पुन लगायतले पनि मन्तब्य राखेका थिए । 


Duduwa Tato hawa Bachau Image
तालिम उद्घाटन शत्रमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य प्रमोदबहादुर श्रेष्ठ, महासंघ बाँकेका अध्यक्ष कृष्णबहादुर पुन, नेपाल रेडक्रस सोसाईटी बेलासपुर उपशाखा सभापति बीरेन्द्रमान श्रेष्ठ, पत्रकारहरु लगायत अतिथीको उपस्थिती रहेको थियो । उक्त तालिममा मुस्लिमसहित विभिन्न समुदायका गरी २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक भुमण्डल श्रेष्ठले जानकारी दिएका छन् ।