कोहलपुरमा बुधबारदेखि आठौँ मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

प्रतियोगितामा फर्जी खेलाडी खेलाए कारबाही
कोहलपुरमा बुधबारदेखि आठौँ मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

कोहलपुर १५ माघ : आठौँ मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ बुधवार देखि कोहलपुरमा शुरु हुँदै छ । 

कोहलपुर नगरपालिका– १ मा रहेको कृष्ण मावि विद्यालयको खेल मैनामा शुरु हुने प्रतियोगितामा सामुदायिक र संस्थागत तर्फका माध्यामिक र आधारभुत विद्यालय गरि ५३ विद्यालयका गरि २ हजार एक सय ६७ विद्यार्थीहरूको सहभागिता रहने प्रतियोगिताका सदस्य सचिव तथा कृष्ण माविका प्रधानाध्यापक दिलिप ओलीले जानकारी दिए । 

प्रतियोगितामा ४ वटा विधामा प्रतियोगिता हुने छ । प्रधानाध्यापक वलीका अनुसार एथलेटिक्स, भलिबल कबडी र मार्सल आट्सका खेलहरू हुनेछन् । 

उनका अनुसार मेयर कपमा पहिलो पटक आधारभुत विद्यालयतर्फ समेत प्रतियोगिता गराइने छ । आधारभुत विद्यालयतर्फ एथलेटिक्स, भलिबल र मार्सल आट्सका खेलहरू हुने नगर खेलकुद विकास समिति कोहलपुरका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । खेल प्रतियोगिताका खोज गर्न आधारभुत तहबाटै प्रतियोगिता शुरु गरिएको उनको भनाई छ। 

अध्यक्ष क्षेत्रीले कोहलपुरलाई खेलकुद हबको रुपमा विकास गर्न यस वर्ष पुरस्कारको राशि समेत बढाइएको बताए । उनले यस वर्ष प्रथम , द्वितीय र तृतीय हुने विद्यालय लाई क्रमश ७५ हजार ६५ हजार र ५५ हजार दिइने छ । अघिल्लो वर्ष उत्कृष्ट विद्यालय लाई ५१ हजार दिने गरिएको थियो । 

विद्यालयका साथै प्रतियोगिता भर उत्कृष्ट खेलाडी चयन गरेर ५१ हजार पुरस्कार दिइने समेत उनले बताए । प्रतियोगितामा कोहलपुर नगर पालीकाको १० लाख र  बिद्यालयहरु बाट उठ्ने झण्डै ४ लाख गरि १४ लाख खर्च हुने अनुमान छ । 

कार्यक्रममा कोहलपुर नगर पालिका समाजिक विकास समितिका सभापति ईश्वरी बिकले आगामी दिनमा खेल मैदान निर्माणमा पनि स्थानीय सरकारले लगानी बढाउने बताए । उनले खेल पूर्वाधारका विकास गर्न सके मात्रै खेल क्षेत्रको विकास हुने उनले बताए । प्रतियोगिताको कोहलपुर नगर पालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

Duduwa Tato hawa Bachau Image

प्रतियोगितामा फर्जी खेलाडी खेलाए कारबाही 

विद्यालय स्तरीय प्रतियोगितामा फर्जी खेलाडी खेलाए विद्यालयहरू लाई कारबाही गरिने भएको छ । 

प्रतियोगिताका सदस्य सचिव दीलिप ओलीले अघिल्लो वर्ष फर्जी खेलाडी खेलाउने विद्यालयलाई प्रति विद्यालय ३० हजारका दरले नगद जरिवाना गरिएको जानकारी दिदैँ यस वर्ष पनि सोही अनुसारको कारबाही गरिने जानकारी दिए । 

उनले पटक–पटक सोही व्यवहार गरे थप जरिवाना हुन सक्ने भन्दै प्रतियोगितालाई मर्यादित र स्वस्थ बनाउन विद्यालयहरूलाई आग्रह गरे । अघिल्लो वर्ष कोहलपुरका ६ विद्यालयले फर्जी विद्यार्थी खेलाडी भन्दै ३० हजारका दरले जरिवाना तिरेका थिए ।