धर्मान्तरणमा लगानी गरेको विषयमा अमेरिकालाई कूटनीतिक नोट लेख्न माग
नेपालगन्ज ५ फाल्गुन : अमेरिकाले नेपालमा धार्मान्तरणमा गरेको लगानीका सम्बन्धमा कूटनीतिक नोट पठाउनुपर्ने विषय संसदमा उठेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद धवल शम्शेर राणाले सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाउनुपर्ने माग गरेका हुन् ।
नेपालमा धर्म परिवर्तनको लागि १४ अर्ब बजेट अमेरिकाले खर्च गरेको विषय भारतीय लोकसभामा पनि उठेको उनले बताएका छन् । यस सन्दर्भमा नेपाल सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाउनु पर्ने राणाको माग छ ।
‘अमेरिकी सरकारलाई दूतावासमार्फत डिप्लोम्याटिक नोट पठाएर यो विषयमा के भएको हो कसो भएको हो भन्ने जानकारी लिन विनम्र अनुरोध गर्दछौँ । र, अमेरिकी सरकारको जवाफ समेत संसदमा पेस गर्न माग गर्दछु,’ राणाले भने ।
भारतमा धर्मान्तरणको विषय जोडतोडले उठे पनि नेपाल सरकारले चासो नदेखाएको आरोप उनले लगाए ।
‘नेपाललाई किन धर्म निरपेक्ष बनाइएको भन्ने कुरा बल्ल खुल्न आएको छ । यसको दोषी को हो ? यसमा छानबिन हुनु प¥यो सभामुख महोदय,’ उनले भने ।





0 Comments