खजुरा प्रतिभाको खोजि अभियान

खजुरा प्रतिभाको खोजि अभियान

खजुरा (बाँके) १२ फाल्गुन : खजुरा प्राज्ञ प्रतिष्ठानले खजुरा प्रतिभाको खोजि अभियान शुरु गरेको छ । सोमबार खजुरामा पत्रकार भेटघाटको आयोजना गरि खजुरा प्रतिभा खोजि अभियान शुरु गरिएको जानकारी गराईएको हो । 

प्रतिष्ठानका उपकुलपति डा. ईन्द्र बहादुर भण्डारीले चार चरणमा खजुरा प्रतिभाको खोजि अभियान सञ्चालन गरिने जानकारी दिए । भण्डारीका अनुसार पहिलो चरणमा यहि फागुन १४ गते देखि शुरु हुने जानकारी दिए । उनका अनुसार प्रत्येक बिद्यालयबाट कविता, वक्तृत्व, गायन र नृत्य गरि चार बिधामा दुई–दुई जना बिद्यार्थी सहभागी गराईने छ । 

बिधागत प्रथम हुने लाई १० हजार, द्धितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजारका दरले पुरस्कार दिईने र तिनिहरु मध्येबाट उत्कृष्ठलाई खजुरा प्रतिभा घोषणा गरि थप १५ हजार पुरस्कार र प्रमाण पत्र दिईने भण्डारीले बताए । 

Duduwa Tato hawa Bachau Image

खजुरा प्राज्ञ प्रतिष्ठानका लागी खजुरा गाँउपालिकाले बिभिन्न शिर्षकमा ११ लाख बजेट बिनियोजन गरेको बताउदै भण्डारीले यस क्षेत्रका कला संस्कृती भाषा लगायतको संरक्षण काम गर्दै आएको उपकुलपती डा ईन्द्र बहादुर भण्डारी जानकारी दिए ।