बुद्धपुरकी रुपीलाई नयाँ घर बनाईदिँदै

बुद्धपुरकी रुपीलाई नयाँ घर बनाईदिँदै

नेपालगन्ज ७ वैशाख : नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर– ४ वडा कमिटीले जरा अभियान अन्तर्गत बुद्धपुरकी रुपी कामीको घर निर्माण गरिदिने भएको छ । 

विपन्न महिला रुपीको घर चुहिने भएपछि एमालेले पार्टी नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकबाट सहयोग संकलन गरि नयाँ घर निर्माण गरिदिन लागेको हो ।

नेकपा एमाले बाँकेका उपाध्यक्ष तथा लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले आईतबार नयाँ घरको शिलान्यास गरे । सो अवसरमा खत्रीले रुपीको घर निर्माणका लागि ब्यक्तिगत रुपमा आफुले पनि सहयोग गर्ने भन्दै पार्टी सम्वद्ध सबैमा सहयोगका लागि हार्दिक अपील गरे । नयाँ घर निर्माणका लागि शिलान्यास भएपछि खुशीले आँखा रसाएकी रुपीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गरिन् ।

घर शिलान्यासमा नेकपा एमालेका सल्लाहकार परिषद सचिव देबराम बिसी, जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज निर्मल खनाल, नेता भिम वली, पालिका कमिटी अध्यक्ष देबीलाल शर्मा, क्षेत्रीय कमिटी सदस्य गोविन्द शर्मा, पालिका सचिव रोशन शाही, वडा अध्यक्ष लोकबहादुर खत्री, वडा नम्बर–३ का अध्यक्ष प्रकाश केसी पालिका सदस्य योगमाया भण्डारी, नेताहरु देबबहादुर रोकाय, उज्जवल बिसी, गोविन्द खत्री, रत्ना चन्द खजुरा–४ का वडा सदस्यहरु बलबहादुर कठायत, बलबहादुर बिसी, ऋतु गिरी लगायतकोे सहभागिता रहेको थियो ।

Duduwa Tato hawa Bachau Image

बुद्धपुरकी रुपी सानो वर्षातमा पनि चुहिने घर मर्मतसम्भारका लागि विभिन्न स्थानमा पुगिन् । तर, कतैबाट सुनुवाई नभएपछि आशा मारेर बसिरहिन् । यसैक्रममा नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर–४ कमिटीले बुद्धपुरमा जरा अभियान अन्तर्गत टोल कमिटीको भेला आयोजना ग¥यो । भेलामा टोल कमिटीका अध्यक्ष रिमा रानाले रुपीको घरको अवस्थाबारे जानकारी गराएपछि एमाले जिल्ला कमिटीका सदस्य तथा वडा इन्चार्ज निर्मल खनाल, क्षेत्रीय कमिटी सदस्य गोविन्द शर्मा,पालिका कमिटीका सचिव रोशन शाही, अग्रज नेता देबबहादुर रोकाय, वडा कमिटीका अध्यक्ष लोकबहादुर खत्री रुपीको घरमै पुगेर पार्टीले पार्टी सदस्य तथा समर्थक र शुभेच्छुकबाट सहयोग जुटाएर बर्षा अगावै नयाँ घर निर्माण गरिदिने प्रतिवद्धता जनाएका थिए ।

घर निर्माणका लागि संयोजन गरेका क्षेत्रीय कमिटी सदस्य गोविन्द शर्माका अनुसार वर्षा अगावै नयाँ घर निर्माण गरि हस्तान्तरण गरिनेछ ।