लुम्बिनी कप महिला फुटबल : घरेलु टोलीलाई हराउदै रौतहट सेमीफाइनलमा प्रवेश

आज कर्णाली फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्प्रधा
लुम्बिनी कप महिला फुटबल : घरेलु टोलीलाई हराउदै रौतहट सेमीफाइनलमा प्रवेश

नेपालगन्ज ८ वैशाख : नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके–११ लाई तिन शून्यले पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आईतबार रौतहटलाई जित दिलाउन खेलको पहिलो हापको २८ औ मिनेटमा जेनिफर रानामगरले एक गोल गर्न सफल भइन् । जेनिफरको पहिलो गोलले रौटहतको टोलीलाई निकै उत्साहित बनाएको थियो । खेलको पहिलो हाप सकिदा सम्म बाँकेका तर्फबाट कसैले पनि गोल गर्न सकेन । खेलको दोस्रो हापमा पनि बाकेले कुनै उपलब्धि हासिल गर्न सकेन । रौतहटका तर्फबाट खेलको दोस्रो हापको ४५ औ मिनेटमा समिक्षा राईले थप एक गोल गर्न सफल भइन् ।

दोस्रो हापमा समिक्षाले अर्को गोल रौतहटका तर्फबाट गरीरहदा बाँके–११ ले निकै सकसपुर्ण खेल खेलीरहेको थियो । निकै राम्रो प्रस्तुती दिइरहेकी बाँके–११ कि गोलकिपर राधीका ओली घाइते भएपछि बाँकेको टिमले सोँचे अनुसारको प्रस्तुती दिन सकेन । यद्यपी अन्तिम अवस्थासम्म बाँकेले कोसीस भने जारी राख्यो भने रौतहटले पनि धेरै पटक गोल गर्न सक्ने अवसर गुमायो । नजिता राम्रो आएपनि रौतहटका यो खेल सोचेअनुरुप हुन सकेन ।

यसैगरी रौतहटकै तर्फबाट खेलको ५१ औ मिनेटमा पियुली रोयले गरेको गोल निर्णायक बन्न पुग्यो । आईतबारको खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई संघीय सांसद तथा नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नगद रु ५ हजार प्रदान गरेर हौसला प्रदान गरेका थिए ।

सो खेलको प्रमुख रेफ्रि कृति सेन रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले, अनुप सिङ थारु र अमर घले रहेका थिए । आईतबारको खेलमा बाँके–११ बाट सलिना सुनार र आयुषा रेउलेले एल्लो कार्ड पाए । यसैगरी रौतहटबाट अनिसा राईले पनि एल्लो कार्ड पाएक थिइन् ।

रौतहट जिल्ला फुटबल संघका कोच भोजराज घिमिरेले नेपालगन्ज रंगशालामा आएर आफूले सोँचे अनुसार खेल खेल्न नसकेपनि पाएको सफलताले सेमीफाइनलमा राम्रो नजिता दिने बताएका छन् । यस्तै क्याप्टेन सलोनी रानामगरले टिमले गरेको प्रयासको प्रशंसा गर्दै आफूले अझै मेहनत गर्ने बताएकी छिन् ।

बाँके–११ का कोच सानु तामाङले समय थोरै भएका कारण अभ्यास गर्न नपाएको र खेलमैदानको अभावका कारण पनि यो नतिजा ब्यहोर्नु परेको बताए । घरेलु टोली भएर पनि सेमीफाइनल खेल्न नपाएको कुराले केही दुःखी भएतापनि आगामी दिनमा राम्रो प्रस्तुती दिने उनले बताए । यस्तै बाँके–११ का क्याप्टेन उर्बसी शाहीले प्रर्याप्त तालिम र अभ्यास नियमित हुन आवश्यक रहेको बताइन् ।

Duduwa Tato hawa Bachau Image

रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ । एपिएफले आज सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।