मुस्लिम महिला प्याड बनाउन सिक्दै

मुस्लिम महिला प्याड बनाउन सिक्दै

नेपालगन्ज २५ वैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का मुस्लिम समुदायका ३० जनामहिलाहरुले सेनेटरी प्याड बनाउन सिकीरहेका छन् ।

मुस्लिम समुदायका महिलाहरुलाई स्वास्थ जिवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देयले नेपालगन्जमा गरीएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमबाट महिलाहरुले सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिइएको छ । 

लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ को समन्वयमा तालिम गरिएको हो । 

मुस्लिम समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य बिषयमा पनि जानकार बनाउन आवश्यक रहेको सांसद श्रेष्ठले बताइन् । उनले तालिम सञ्चालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरुको अपेक्षाबारे अध्ययन गरीएको बताइन् ।

Duduwa Tato hawa Bachau Image

तालिमको सहजीकरण पुष्पा शर्माले गरीरहेकीछन् । उनले १७ वर्षदेखी ३६ वर्ष उमेर समुहका महिलाहरुले सेनेटरी प्याड बनाउन सिकिरहेको बताइन । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा बचत हुनुका साथै वायुप्रदुषण पनि नहुने सहजकर्ता शर्माले बताइन । उनका अनुसार एउटा प्याड कम्तिमा ४ महिनासम्म प्रयोग गर्न सकिन्छ । एक मिटर कपडाबाट ४ वटा सम्म प्याड बनाउन सकिने पनि उनले जानकारी दिइन् ।