तरूण दलको महाधिवेशन आगामी मंसिर २६ गते

तरूण दलको महाधिवेशन आगामी मंसिर २६ गते

नेपालगन्ज १९ असार : नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिले भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशनको मिति तोकेको छ।

सानेपामा बुधबार बसेको केन्द्रिय कार्यसमिति बैठकले मंसिर २६ गतेदेखि २८ गतेसम्म तरूण दलको महाधिवेशन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तरूण दलको महाधिवेशन लामो समयदेखि हुन सकेको छैन भने काँग्रेसले विद्वान गुरूङको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । तदर्थ समितिलाई महाधिवेशन गर्ने जिम्मेवारी दिए पनि पटक–पटक पार्टीले दिएको समयभित्र तरूण दलले महाधिवेशन गर्न सकेको थिएन ।

तरूण दल महाधिवेशन निर्देशन समितिको प्रस्तावअनुसार मंसिर २६ गतेदेखि २८ गतेसम्म महाधिवेशन गर्न काँग्रेस केन्द्रिय समितिले मिति तय गरेको हो ।

Duduwa Tato hawa Bachau Image

यससँगै गत चैतमै सकिएको तरूण दलको वर्तमान तदर्थ समितिको म्याद पनि मंसिरसम्म थप भएको छ ।

तरूण दल महाधिवेशन व्यवस्थापन तथा तयारी गर्न मौजुदा कार्यसमिति भित्रबाटै सानो व्यवस्थापन समिति बनाउने निर्णय पनि भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।