नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ डिसेम्बरमा आउने
- | नेपाखबर | मनोरञ्जन
- २२ असार २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज २२ असार : नेपाली साइन्स फिक्सन फिल्म आगामी डिसेमबरमा रिलिज गरिदैँछ ।
प्रदीप खड्काको शीर्ष भूमिका रहेको साइन्स–फिक्सन फिल्म ‘एक्लो’को प्रदर्शन मिति निर्माताले आईतबार टिजर सार्वजनिक गर्दै डिसेम्बर, २०२५ मा फिल्म आउने जनाएका हुन् ।
टिजरमा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ ।
प्रदीप शाही निर्देशित फिल्म कान्स फिल्म फेस्टिभलको मार्केटमा पेश भएको थियो । यो फिल्मको पोस्ट–प्रोडक्सन अहिले बेलायतमा भैरहेको छ ।
नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।
हेर्नूहोस् टिजर





0 Comments