आगामी फागुन १ गते प्रर्दशनमा आउँदै चलचित्र ‘जनक्रान्ति’, प्रचण्डले सार्वजनिक गरे पोष्टर

आगामी फागुन १ गते प्रर्दशनमा आउँदै चलचित्र ‘जनक्रान्ति’, प्रचण्डले सार्वजनिक गरे पोष्टर

नेपालगन्ज १० साउन : चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘ निर्माण गर्न लागिएको हो ।

निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका छन् ।

कार्यक्रममा प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे । हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो ।

रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘को निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् ।

भाद्र दोस्रो सातादेखि चलचित्रको छायांकन शुरु गरिने निर्माण पक्षले बताएको छ । ‘जनक्रान्ति’को प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए ।

चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए ।

Duduwa Tato hawa Bachau Image


सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागि नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाहीमा गरिने छ ।