लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

नेपालगन्ज १२ साउन : लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन् ।

Duduwa Tato hawa Bachau Image

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आईतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन् ।