तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड
- | नेपाखबर | मनोरञ्जन
- ६ भदौ २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ६ भदौ : तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा बुधबार नेपालगन्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्र्तगत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाइले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताए ।
उनले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज संस्कृतिले एक आपसमा आत्मिएता र एकता जुटाउने भएकोले तीज गित प्रतियोगिताले सामुहिक सदभाव पनि झल्किने बताए ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल, अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी, नेपाली काँग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल, सञ्चारिक समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिङ, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, सञ्चारिक समुह बाँकेका अध्यक्ष पवित्रा परियार, मुख्य प्रायोजक थिंक कनसल्टेन्सीका प्रतिनिधि इन्द्रमणी चापागाई र अभिशेष रेग्मी, जेडि कलेक्सनका रिचा लुइँटेल र राजा खान विईङ ह्युम्यान संस्थाका प्रतिनिधि अरसद अलि रङरेज लगायत ५७ जनाको उपस्थिती रहेको थियो ।
पत्रकार महिला बीच गरिएको मौलिक तीज गित प्रतियोगितामा धना केसी प्रथम भइन् । यसैगरी द्वितिय शान्ति सुनार, तृतिय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका भइन् । प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश ३ हजार, २ हजार, १५ सय र एक हजार रुपैयाँ प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशिले जानकारी दिइन् ।
कार्यक्रममा स्वागत मन्तब्य क्रियाशिल पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरीले दिएकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले यस्ता मौलिकता जनाउने कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने बताइन् । यसका साथै पत्रकार महिलाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु पनि नियमित गर्दै जाने बताईन् ।
कार्यक्रमलाई थिंक एजुकेसनल कल्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो भने शिखर प्लाई उद्योग र सिने रोयल नेपालगन्जले सहप्रायोजन गरेको थियो । यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले सहकार्य गरेको थियो । यस्तै प्रायोजनका रुपमा महिला उद्यमी संघ नेपाल बाँके, नेपालगन्ज डिजिटल प्रिन्टर्स, जेडी कलेक्सन, नन्कुराम होलिराम कपडा थोक पसल र राजा खान विइङ ह्युम्यान संस्था रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथीहरु र सहयोग प्रदान गर्ने विभिन्न संस्था तथा ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।





0 Comments