आफू सभापतिको उम्मेदवार बन्नेमा देउवाको पनि साथ हुन्छ : राठौरले

आफू सभापतिको उम्मेदवार बन्नेमा देउवाको पनि साथ हुन्छ : राठौरले

नेपालगन्ज १५ भदौ : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने पुनः दोहो¥याएका छन् ।

बाँके क्षेत्र नम्बर–३ का संघीय सांसद समेत रहेका नेपाली काँग्रेसका सहमहामन्त्री राठौरले शनिबार बुटवलमा पत्रकारहरूसँग बोल्दै सभापति बन्न आफूले वर्तमान सभापति शेरबहादुर देउवाको साथ पाउने दाबी गरे ।

‘पार्टीलाई एकताबद्ध बनाउन र मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न म सक्षम र योग्य नेतृत्व हो’, राठौरले भने, ‘मलाई सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहन्छ ।’

राठौरले आफू प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले नभई काँग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहेको बताए । ‘कमजोर काँग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन् त्यसैले लोकतन्त्र र काँग्रेसलाई बलियो बनाउन म सभापति बन्नुपर्छ’, राठौरले भने ।

प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिबद्धता बताए ।

Duduwa Tato hawa Bachau Image

सत्ता समीकरणबारे उनले काँग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने अन्यथा काँग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्ने बताए ।

सरकारको नेतृत्व हस्तान्तरण गर्ने एमालेको प्रतिबद्धताप्रति पूर्ण विश्वास गर्न नसकिने संकेत गर्दै उनले इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ अन्यथा नटिक्ने बताए ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पदस्थापना समारोहमा सहभागि भएपछि सहमहामन्त्री राठौरले पत्रकारसँग साक्षत्कार गरेका थिए ।