बाँकेमा दुग्ध संस्थानले रोक्यो किसानको साढे तीन करोड

बाँकेमा दुग्ध संस्थानले रोक्यो किसानको साढे तीन करोड

नेपालगन्ज १५ भदौ : जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाँके र बर्दियाले तत्काल दूधको पैसा नदिए दुग्ध विकास संस्थान नेपालगन्ज वितरण केन्द्र, कोहलपुरमा तालाबन्दी गर्ने चेतावनी दिएको छ।

गत माघदेखि दूधको पैसा नपाएका संघसम्बद्धले आइतबार आयोजना प्रमुख दिलिप चौधरीलाई ज्ञापन पत्र बुझाउँदै १९ गतेसम्म पैसा नपाए धर्ना, तालाबन्दीको कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

आयोजनाले ३ करोड ४० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । आयोजना प्रमुख चौधरीले माघको भुक्तानी तत्काल दिने र अरु बिस्तारै दिंदै जाने आश्वासन दिएका छन्।

ज्ञापन पत्र बुझाउन संघका केन्द्रीय सदस्य ईन्द्रबहादुर लुइटेल, बाँकेका अध्यक्ष पूर्णप्रसाद अधिकारी, बर्दियाका अध्यक्ष पवनकुमार यादव गएका थिए ।

Duduwa Tato hawa Bachau Image

आयोजना प्रमुख चौधरीले सिजनमा दूध फालाफाल आउने र अफसिजनमा दूध नपाउने समस्या रहेको बताए। दूधको पैसा तत्काल पाउनु पर्ने माग राखेर केन्द्रमा समेत आन्दोलन चलिरहेको छ।