जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २५ भदौ २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज २५ भदौ : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो ।
यस्तै जेनजी आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीले ज्यान गुमाउनेको संख्या तीन पुगेको जनाएको छ । यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । मृत्यु हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् ।
एक असईसहित तीन जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।





0 Comments