जेनजी आन्दोलनको असर : स्थगित गरियो नेपालगञ्ज १० नाइट रन
नेपालगन्ज २९ भदौ : नेपालगञ्ज १० नाइट रन स्थगित गरिएको छ । देशको बिषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो ।
यही असोज ३ गते हुने तय गरिएको नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।
यो पनि नेपालगन्ज १० नाइट रनका विजेताले पाउनेछन् थाइल्याण्डको बाङ्सेन रनमा अवसर
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो ।
यो पनि नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
‘शुभेच्छुकहरुबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौँ,’ एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने–‘तर, युवाहरुको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षति हुँदा मुलुक शोकमग्न रहेको बेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौं ।’
यो पनि ‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध
‘यसले धावक तथा दौडप्रति रुची भएका तमाम व्यक्तिहरुप्रति पर्न गएको असुविधाप्रति आयोजक क्षमायाचना गर्दछ । सयौँ व्यवसायिक धावकहरुले अनलाइन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजना सम्बन्धि जिज्ञासा आइरहेको छ । यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौं’, नेपालगञ्ज १० नाइट रनका संस्थापक ठकुरीले भने, ‘तर, यो यस वर्षकै लागि रोकिएको होइन । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’
यो पनि नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य
एम्सको पूर्णकालीन सदस्यताको मान्यतासँगै यस वर्षदेखि नेपालगञ्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । यसले खेलाडीलाई बेग्लै उत्साह र उर्जा थपेको थियो ।
यो पनि एम्सको नेपाल दूतमा नेपालगन्जका ठकुरी नियुक्त
नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथनको तयारीमा जुटिसकेको छ ।
यो पनि सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता
साथै स्थानीय तहमा सरसफाई एवं अन्य काममा पनि धारा नेपालगञ्ज म्याराथनको टिम परिचालन हुनेछ । देशमा दश बर्षे सशस्त्र द्वन्द अन्त्य भएर नयाँ संविधान घोषण गर्ने तयारी रहेकै बेला २०७२ सालमा पुनः मधेस आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झिल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगञ्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो ।
यो पनि दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त
हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेशा, व्यवसाय र उमेर समूहलाई एकैपटक एकै थलोमा एउटै भूमिकामा दौडमार्फत ल्याउन सक्ने एक मात्र इभेन्ट सडक दौड भएकाले नै म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो । कुनै पनि बर्ष नरोकिई ११ बर्षदेखि निरन्तर चलेको धारा नेपालगञ्ज म्याराथन सम्भवतः नेपालको शीर्ष इभेन्ट हो । एम्सको दुई इभेन्ट पूर्णकालीन सदस्य बन्ने नेपालगञ्ज सम्भवतः नेपालको एक मात्र सहर हो ।





0 Comments