‘ब्यवसायिक चुनौती र अबको बाटो’ विषयक परिचर्चा एवं शुभकामना कार्यक्रम

‘ब्यवसायिक चुनौती र अबको बाटो’ विषयक परिचर्चा एवं शुभकामना कार्यक्रम

नेपालगन्ज ३ असोज : ‘संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो’ विषयक परिचर्चा एवं शुभकामना कार्यक्रम नेपालगन्जमा कार्यक्रम गरिएको छ ।

संविधान दिवसको अवसरमा होटल ब्यवसायी संघ बाँके नेपालगन्जले शुक्रबार उक्त कार्यक्रम गरेको हो । संघका अध्यक्ष भिमलाल कँडेलको सभापतित्वमा जारी उक्त कार्यक्रममा संघका उपाध्यक्ष विष्णुप्रसाद पोख्रेलले स्वागत गरेका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले उद्घाटन गरेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोख्रेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, वाणिज्य तथा आपूर्ति कार्यालय नेपालगन्जका प्रमुख मोहन घर्ती, संघका निवर्तमान अध्यक्ष, रंगबहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, हान बाँकेका उपाध्यक्ष केशव न्यौपाने, नाट्टा बाँके च्याप्टर अध्यक्ष डिल्लीराज रेग्मी, मदिरा ब्यवसायी संघ बाँकेका अध्यक्ष मीनबहादुर सिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा अहिलेसम्म मदिरा ब्यवसायी संघ बाँकेका अध्यक्ष ठकुरी, हान बाँकेका उपाध्यक्ष न्यौपाने, नाट्टा बाँकेका अध्यक्ष रेग्मी लगायतले बोलेका थिए ।