कुन देशमा कति बजे दशैंको टीकाको शुभ साईत ?
नेपालगन्ज ५ असोज : यस वर्षको दशैंको टीकाको उत्तम साईतबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साईत रहेको जानकारी गराइसकेको छ ।
यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साईतबारे जानकारी गराएको हो ।
जसअनुसार, भारतमा ११ः४९, अमेरिकाको न्युयोर्कमा ११ः२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११ः५७, टेक्सासमा ११ः३३, क्यालिफोर्नियामा ११ः११, क्यानडाको टोरेन्टोमा ११ः११, अष्ट्रेलियाको सिड्निमा ११ः४३ बजेको साईत उत्तम रहेको जनाएको छ ।
२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साईत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादशैँ शुरु हुन्छ । असोज ६ गते सोमबार घटस्थापना गरेसँगै दुर्गापक्ष शुरु हुन्छ ।





0 Comments