प्रधानमन्त्री कार्कीको मन्त्रीमण्डलमा नवनियुक्त चार मन्त्रीले लिए शपथ
नेपालगन्ज ६ असोज : जेनजी आन्दोलन पश्चात बनेको अन्तरिम सरकारमा थप नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
यो पनि कार्की नेतृत्वको मन्त्रिपरिषद्को कार्यविभाजन
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
यो पनि नवनियुक्त तीन मन्त्रीले लिए शपथ
सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ भएको छ ।
यो पनि प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
यो पनि प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की : न्यायको शिखरदेखि शासनको बागडोरसम्म
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । योसंगै प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
शपथ ग्रहण समारोहमा सहभागी हुन सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति छ ।
यो पनि जनेजी आन्दोलन : सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव





0 Comments