सेनाद्वारा उद्धार जारी
File Photo
- | नेपाखबर | अपराध–घटना
- २० असोज २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज २० असोज : ईलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ ।
पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पु¥याइएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् ।
झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजको सहयोगमा गए राति मोटरबोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । -रासस





0 Comments