नेपालगन्जका जेनजी सहिदद्वय शुलभ र आयुषको नाममा सडक र चोक निर्माण हुने

नेपालगन्जका जेनजी सहिदद्वय शुलभ र आयुषको नाममा सडक र चोक निर्माण हुने

नेपालगन्ज २३ असोज : गत भदौ २३ र २४ गते काठमाण्डौमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका नेपालगन्जका दुई युवाको नाममा सडक र चोक नामाकरण गरिने भएकोछ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ का जेनजी सहीदद्वय शुलभ श्रेष्ठ र आयुष थापाको सम्झनामा सो वडामा रहेको सडक र चोकको नामकरण गरिने भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१ का स्थायी बासिन्दा समेत रहेका यी दुवै युवाको नाममा वडा कार्यालयले मार्ग नामकरणसहित गेट निर्माण गर्ने निर्णय गरेको छ ।

यो पनि डुडुवामा जेनजी आन्दोलनका सहिदको सम्झनामा श्रद्धाञ्जली सभा

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष प्रमोद रिजालका अनुसार धम्बोझीस्थित प्रहरी गुल्मबाट वाटर पार्कतर्फ जाने बाटोको सुरुमा ‘शुलभ गेट’ निर्माण गरिनेछ । सो सडक खण्डको गायत्री मन्दिरसम्मको बाटोलाई ‘शुलभ मार्ग’ नामकरण गरिनेछ ।

यो पनि जेनजीको नाममा पुर्व प्रदेश मन्त्रीद्वय भण्डारीलाल र विजयबहादुरद्वारा डुडुवामा आगजनी

त्यस्तै, धम्बोझीचोकदेखि खजुरा जाने बाटोको खजुरारोडस्थित शिव मन्दिरदेखि उत्तर विशालनगर चोकसम्मको बाटोलाई ‘आयुष मार्ग’ नाम दिइनेछ र विशाल चोकमा ‘आयुष गेट’ निर्माण गरिने निर्णय भएको रिजालले बताए ।

उनका अनुसार यो निर्णय वडा नम्बर–१ को वडा समितिबाट औपचारिक रूपमा पारित भइसकेको छ र निर्माण कार्य स्थानीय सरकारकै लगानीमा सुरु गरिनेछ ।

यो पनि जेनजी आन्दोलन : आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

गत भदौ २३ गते काठमाडौँमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका शुलभ श्रेष्ठ र आयुष थापाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

Duduwa Tato hawa Bachau Image

यी दुवै युवक नेपालगन्जका स्थायी बासिन्दा भएको कारण नगरमा उनीहरूको स्मृतिमा चोक र मार्ग नामकरण गर्ने निर्णयलाई स्थानीयले पनि स्वागत गरेका छन् ।

यो पनि जेनजी आन्दोलनमा ज्यान गुमाएका सुलभको दाहसंस्कार गरियो

स्थानीयबासीहरूले यो कदमले सहीदहरूको बलिदानको सम्मान हुने र नयाँ पुस्तालाई नागरिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रताको मूल्य सम्झाउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै बाँकेका डुडुवा गाउँपालिकाले बाँकेका जेनजी सहिदद्वय शुलभ र आयुषको परिवारलाई प्रतिपरिवार एक लाख एक हजार रकम सहयोग गर्ने जनाएकोछ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गत असोज ५ गते आईतबार आयोजित बृहत श्रद्धाञ्जली सभा गाउँपालिका अध्यक्ष चौधरीले त्यस्तो घोषणा गरेका हुन् ।