नेपालगन्ज वडा प्रहरी इन्चार्ज खड्काद्वारा पत्रकारसँग अन्तरक्रिया

नेपालगन्ज वडा प्रहरी इन्चार्ज खड्काद्वारा पत्रकारसँग अन्तरक्रिया

नेपालगन्ज १८ कार्तिक : वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक शेखर खड्काले मंगलबार पत्रकारसँग अन्तरक्रिया गरेका छन् । हालै सरुवा भएर आएका उनले नेपालगन्जका पत्रकारसँग अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रियाका क्रममा खड्काले नेपालगन्जको शान्ति सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गर्दै काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

नेपालगन्जमा सीमाक्षेत्रसँग जोडिएका अपराध, प्रतिबन्धित लागु औषध दुब्र्यशनी तथा ओसार पसार, धार्मिक द्वन्द्व जस्ता विषयमा सुरक्षा चुनौती रहेको र सो विषयलाई प्राथमिकतामा राखेको उलने बताए । 

उनले सञ्चारमैत्री भएर काम गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि पत्रकारहरुबाट पनि आवश्यक सूचनाको अपेक्षा राखेको बताए ।  नेपाल प्रहरीको प्रधान कार्यालयको मानव स्रोत विकास विभागले गत असोज २८ गतेको निर्णयअनुसार बाँकेसहित देशभरका ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको थियो । 

यो पनि बाँके ट्राफिक प्रमुखमा शाही र नेपालगन्ज वडा प्रहरी प्रमुखमा खड्का

Duduwa Tato hawa Bachau Image

केन्द्रिय अनुसन्धान व्यूरो पिलर ४, वन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाट, काठमाण्डौंमा कार्यरत प्रहरी निरीक्षक शेखर खड्काको वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएको हो ।