बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्यवाचन

बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्यवाचन

नेपालगन्ज १७ मंसिरः नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजना र कल्पना फाउण्डेसन नेपालको सहआयोजनामा बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । 

कल्पना फाउण्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा भएको कवि र कविता विषयक काव्य विमर्शमा नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कल्पना फाउण्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत राखेका थिए । 

काव्य वाचन कार्यक्रममा ईन्दिरा गौतम, चरित्रा शाह, खगेन्द्र गिरी ‘कोपिला’, खेम बगर, कपिल अञ्जान, मधई सिंह, विष्णु कुमाल, ममता रावत, सम्बृद्धि प्याकुरेल, सर्मिला विष्ट, निशु जोशी, शुसिला वैश्य, कृष्टल लगायत २१ जना वरिष्ठ एवं नवसर्जक कवि कव्यत्रीहरुद्वारा गद्य–पद्य कविता र मुक्तक, गजल वाचन गरिएको थियो । 

उक्त कार्यक्रममा बाँकेका कवि र कविता विषयक कार्यपत्र विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा समालोचक लेकप्रसाद प्याकुरेले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमाथि खुला टिप्पणी तथा छलफल भएको थियो । टिप्पणी सहित शुभकामना मन्तव्य दिने साहित्यकार तथा समालोचकहरु कल्पना खरेल, किरण आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व सदस्य सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, समालोचक तथा साहित्यकार प्रा.डा. कृष्णप्रसाद घिमिरे, समालोचक तथा विश्लेषक प्रा.डा. गोपालप्रसाद अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख  सन्ध्या पहाडी, राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजंग पिटर, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य मणीरत्न अर्याले कार्यपत्रको बारेका आफ्ना टिप्पणी सहितका धारणा राखेका थिए । 

Duduwa Tato hawa Bachau Image

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतले आफु काव्य विभाग प्रमुख भईरहँदा नेपाली साहित्यको श्रीवृद्धि गर्न महत्वपूर्ण रहेको काव्य विधालाई अझै परिष्कृत गर्नको लागि नेपालका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रम गर्ने क्रममा कल्पना फाउन्डेसनको सहकार्यमा विशिष्ट व्याक्तित्वहरु र नवसर्जकहरुको उपस्थिति सहित नेपालगन्जमा यस्तो भव्यरुपमा सम्पन्न गर्नपाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने धारणा राखेका थिए । 

फाउण्डेसनका सदस्य बोधराज प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा  फाउण्डेसनकी अध्यक्ष जिज्ञासुले नेपाल प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गरेर उपलब्धिमूलक कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने काव्य विभाग प्रमुख वस्नेत र महाशाखा प्रमुख पहाडी प्रति विषेश आभार प्रकट गरिन् ।