नरैनापुरमा शैक्षिक बेथिती र लापरबाही चरम उत्कर्षमा, शिक्षा र स्वास्थ्यबाहेक सबै सेवा अबरुद्ध

नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहलामा तीन घण्टा बाटो अवरुद्घ
नरैनापुरमा शैक्षिक बेथिती र लापरबाही चरम उत्कर्षमा, शिक्षा र स्वास्थ्यबाहेक सबै सेवा अबरुद्ध

नेपालगन्ज १७ मंसिर : नरैनापुरका सामुदायिक बिद्यालयहरुमा भईरहेको बेथिती र लापरवाही बिरुद्ध नरैनापुरका युवाहरु आन्दोलित भएका छन् । आन्दोलनमा उत्रिएका युवाहरुले नरैनापुरको शिक्षा र स्वास्थ्य बाहेक सम्पुर्ण सेवा र यातायात अबरुद्ध गरेको बताएका छन् । 

आन्दोलनमा उत्रिएका युवाहरुले आज बुधबार पहिलो दिन नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहला नजिक ३ घण्टासम्म सवारी साधन रोकेर बाटो अवरुद्घ गरेका थिए । 

आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवका अनुसार ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा ३ घण्टा पछि अवरुद्ध बाटो खोलेको र आज साँझ बैठक बसेर भोली देखिको आन्दोलनको थप योजना सार्वजनिक गर्ने बताए । 

आन्दोलनकारीहरुले युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण कुमार चौधरीको शरुवा गर्नु पर्ने, गाउँ शिक्षा समिति खारेज गर्नु पर्ने, बिद्यालयहरुमा कक्षा १ देखि ८ सम्म लागू हुने स्थानीय पाठ्यक्रमको पुस्तक यथाशिघ्र बिद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने, स्थानीय पाठ्यक्रम निर्माणमा भएको खर्च सार्वजनिक गर्नुपर्ने, कक्षा १–५ सम्म मापदण्ड अनुसारको दिवाखाजा दिनुपर्ने, हरेक बिद्यालयमा खानेपानी, शौचालय, फर्निचरको उचित ब्यवस्थापन गर्नु पर्ने माँग राखेका छन् । 


यस्तै गरि हरेक आधारभुत बिद्यालय र माध्यामिक बिद्यालयहरुमा बिषयगत शिक्षकको पुर्ति गर्नु पर्ने, खेलकुद प्रशिक्षक र खेलकुद सामानको प्रबन्ध गर्नु पर्ने, कार्यअवधि सकिएका बिद्यालय ब्यवस्थापन समितिहरुको तत्काल निर्वाचन तोकिनु पर्ने, एउटै पदमा कार्यरत रहेर फरक तलब सुबिधा लिईरहेकाहरुको खोजतलास गरि समान पद समान ज्याला निर्धारण गर्नुपर्ने लगायत माग रहेको आन्दोलनमा सहभागी अर्का स्थानीय बिनय दिक्षितले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image


दिक्षितका अनुसार माध्यामिक बिद्यालयमा कार्यरत एउटै पद लेखापालको तलब बिद्यालय अनुसार कसैको १८ हजार कसैको २५ हजार त कसैको ५१ हजारसम्म रहेकोले एउटै पद र तहका कर्मचारीहरुबीच मनमुटाव र्सिजना भई अदालतमा मुद्दा समेत दर्ता भएको छ । जसका कारण कर्मचारीहरुमा निराशा, बितृष्णा उत्पन्न भई बिद्यालयको कामकाजमा समेत असर परिरहेको बताईएको छ ।