त्रिभुवन चोकको कुमार जनरल स्टोरका सञ्चालक बानियाँ स्रोत नखुलेको रकमसहित पक्राउ

त्रिभुवन चोकको कुमार जनरल स्टोरका सञ्चालक बानियाँ स्रोत नखुलेको रकमसहित पक्राउ

नेपालगन्ज २९ मंसिर : नेपालगन्जको मुटु त्रिभुवन चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई नियन्त्राणमा लिएकोछ ।

प्रहरीले स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७ सय रुपैयाँ र नेपाली रुपैयाँ एक लाखसहित एकजनालाई पक्राउ गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएकोछ । 

Duduwa Tato hawa Bachau Image

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।