काँग्रेस कार्यवाहक सभापती खड्का र महामन्त्री थापा नेपालगन्ज आउदैँ

काँग्रेस कार्यवाहक सभापती खड्का र महामन्त्री थापा नेपालगन्ज आउदैँ

File Photo

नेपालगन्ज ७ पुष : नेपाली काँग्रेसका केन्द्रिय कार्यवाहक सभापति पुर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापा भोली मंगलबार नेपालगन्ज आउँदैछन् ।

नेपाली काँग्रेस बाँकेको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को भवन उद्घाटन गर्न कार्यबहाक सभापति खड्का र महामन्त्री थापा नेपालगन्ज आउने भएका हुन् ।

नेपाली काँग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा भोली पुष ८ गते मंगलबार बिहान ११ बजे सुशील कोइराला स्मृति भवनको समुद्घाटन गरिने कार्यक्रम रहेको पार्टी जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाखबरलाई जानकारी दिए । 

उक्त भवनको नेपाली काँग्रेसका केन्द्रिय कार्यवाहक सभापति पुर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापाले संयुक्तरुपमा उद्घाटन गर्ने काँग्रेस बाँकेका सभापती गौडलले बताए । 

भवन उद्घाटन सन्दर्भमा नेपाली काँग्रेस बाँकेले एक विज्ञप्ती समेत  प्रकाशित गरेको छ । उक्त विज्ञप्तीमा भनिएको छ–‘नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रिय एकता, सामाजिक न्याय र समावेशी विकासका मूल्य–मान्यतामा आधारित एक अग्रणी लोकतन्त्रिक राजनीतिक पार्टी हो । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई संस्थागतरुपमा सुदृढ तथा जनमुखी बनाउन नेपाली काँग्रेस आफ्नो स्थापनादेखि अहिलेसम्म सधैं अग्रणी स्थानमा रहँदै आएको छ । साथै, नेपाली काँग्रेसलाई आफ्नो रगत, पसिनाले सिंचित गर्ने हाम्रा अग्रणी नेताहरुलाई काँग्रेसले आदर्श मान्दै सधैं सम्मान समेत गर्दै आएको छ । त्यसैको पछिल्लो कडीका रुपमा नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसर पारेर भवनको समुद्घाटन गर्न लागिएको हो ।’  

Duduwa Tato hawa Bachau Image

भवन समुद्घाटन समारोहलाई प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय कार्यवाहक सभापति खड्का र विशिष्ट अतिथि महामन्त्री थापाले सम्बोधान समेत गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रममा शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरुलाई सहभागी हुन पार्टी जिल्ला कार्यसमितिले अनुरोध समेत गरेको छ । तीन तलाको सुशील कोइराला स्मृति भवन निर्माणमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, स्थानीय निकाय, उद्योगी, व्यवसायी, फर्म तथा विभिन्न शुभचिन्तकबाट आर्थिक तथा भौतिक सामग्री सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक एवम् पार्टी जिल्ला उपसभापाति गोपाल प्रसाद अधिकारीले बताए ।