बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु, छ हजारको सङ्ख्यामा रहेको अनुमान
नेपालगन्ज १४ पुष : बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिए ।
जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो पनि मतदाता नामावलीमा बाँकेका ९३३ जनाको दोहोरो नाम, सबैभन्दा बढी नेपालगन्जको
यो पनि प्रधानमन्त्रीसँग भेटेपछि निर्वाचनमा जान सबै दल तयार
जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीले जानकारी दिए । “मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्”, उनले भने ।
यो पनि मतदाता नामावली प्रकाशित : ९ लाख १५ हजार ११९ ले वृद्धि
प्रमुख शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो । बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगन्जले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन गरेको थियो ।





0 Comments