होटल कलपत्रुले न्यू इयर इभमा सांगितिक उत्सब गर्दै

होटल कलपत्रुले न्यू इयर इभमा सांगितिक उत्सब गर्दै

नेपालगन्ज १४ पुष : नेपालगञ्ज न्युरोडस्थित चार तारे होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्न लागेको छ । होटल कलपत्रुले पत्रकार सम्मेलन गरेर सांगितिक कार्यक्रमबारे जानकारी गराएको हो । 

होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले अंग्रेजी नयाँ वर्ष सन् २०२६ को स्वागतमा सांगितिक उत्सब आयोजना गरिएको जानकारी दिए । डिसेम्बर ३१ तारिखका दिन अर्थात पुस १६ गते बेलुका ८ बजेदेखि राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुनेछ ।

पन्थीका अनुसार चर्चित गायिक अस्मिता अधिकारी, चर्चित गायक महेश काफ्ले र चर्चित मोडेल सञ्चिता बुलाखे कार्यक्रममा आउँदैछन् । पूर्ण पारिवारिक वातावरणमा सांगितिक उत्सब गरिने पन्थीको भनाई छ । सिंगल (एक जना) लाई एक हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रुपैयाँ तथा आठ बर्ष माथिका बालबालिकालाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनरल म्यानेजर पन्थीले बताए । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स लगायत खाने कुराको प्रबन्ध गरिएको होटलले जनाएको छ ।

Duduwa Tato hawa Bachau Image

पत्रकार सम्मेलनमा होटलका एचआर म्यानेजर शिवानी गुप्ता, रुम डिभिजन म्यानेजर सनम शाही, फुड एण्ड बेभेरेज म्यानेजर सुरेश नेपाली, हाउन किपिंग म्यानेजर गणेश थापा, पर्चेज एण्ड एकाउण्ट म्यानेजर अजय साहु र सेफ्टी इन्जिनियर विनोद चौधरी पनि उपस्थित थिए । 

उनीहरुले आआफ्नो जिम्मेवारी रहेको विभागबारे जानकारी समेत गराएका थिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए ।