प्रहरी हिरासतमा रहेका भारतीय थुनुवा भेरी अस्पतालको बेडबाट भागे
- | नेपाखबर | अपराध–घटना
- १७ पुष २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १७ पुष : जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दाका थुनुवा भेरी अस्पताल नेपालगन्जबाट भागेका हुन् ।
भारत बहराइच घर भएका ३२ वर्षीय अनिलकुमार यादवलाई उपचारका लागि भेरी अस्पतालमा लगेको बेलामा प्रहरीको आँखा छलेर उनी सुटुक्क फरार भएका हुन् । थुनुवा भागेपछि बाँके प्रहरीमा खैलाबैला मच्चिएको छ ।
लागुऔषध मुद्दाका थुनुवा यादवलाई पेट दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालको बेडबाटै उनी हिजो (बुधबार) अपरान्ह ४ः२० बजे फरार भएका थिए ।
अस्पतालबाटै थुनुवा फरार अझैं पक्राउ पर्न सकेका छैनन् भने जिल्ला प्रहरी कार्यालय बाँकेले फरार रहेका थुनुवाको खोजी भइरहेको जनाएकोछ ।
थुनुवा फरार भएको घटना लगत्तै बाँके प्रहरीले थुनुवा लिएर गएका एक जना सहायक हवल्दारलाई कारबाही प्रक्रिया अघि बढाइसकेको बताइएकोछ ।





0 Comments