प्रतिनिधि सभा निर्वाचन : बाँकेमा मतदान केन्द्र चार सय पुग्यो
नेपालगन्ज १७ पुष : जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेमा मतदान केन्द्र चार सय पुगेकोछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २० वटा नयाँ मतदान केन्द्र कायम भएसँगै बाँकेमा मतदान केन्द्र चार सय पुगेको हो । यसअघि ३८० मतदान केन्द्र बाँकेमा रहेको थियो ।
यो पनि मतपत्र छपाइ गर्दै नर्वाचन आयोग
यो पनि बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु, छ हजारको सङ्ख्यामा रहेको अनुमान
यो पनि मतदाता नामावलीमा बाँकेका ९३३ जनाको दोहोरो नाम, सबैभन्दा बढी नेपालगन्जको
यो पनि प्रधानमन्त्रीसँग भेटेपछि निर्वाचनमा जान सबै दल तयार
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार जिल्लामा कूल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएका छन् । भने त्यसमध्ये १५ हजार १५० नयाँ मतदाता रहेकाछन् । उनका अनुसार जिल्लामा १३९ मतदानस्थल रहेका छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताको सङ्ख्या केही घटेको उल्लेख रे । अस्थायी मतदातको नामावली सङ्कलनलाई तीव्र बनाइएको बताउँदै उनले छ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको बताए ।
यो पनि मतदाता नामावली प्रकाशित : ९ लाख १५ हजार ११९ ले वृद्धि
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेकाछन् भने तीन वटा निर्वाचन क्षेत्र रहेका छन् ।





0 Comments