बैजनाथनको १९ औं गाउँसभाः ‘योजना संशोधन, बजेट रकमान्तर र आर्थिक कार्यविधि’ सर्वसम्मत पारित

बैजनाथनको १९ औं गाउँसभाः ‘योजना संशोधन, बजेट रकमान्तर र आर्थिक कार्यविधि’ सर्वसम्मत पारित

नेपालगन्ज २५ पुष : बैजनाथ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२-०८३ को लागि ‘स्वीकृत योजना तथा कार्यक्रम संशोधन, रकमान्तर तथा प्रस्तावित योजना तथा कार्यक्रम’ सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिकाको सभा हलमा बिहीबार आयोजित १९ औं गाउँसभामा गाउँपालिका अध्यक्ष एवम् सभाध्यक्ष प्रकाशबहादुर शाहीले सर्वसम्मत रुपमा पारित भएको घोषणा गरेका हुन् ।


उक्त सभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले आर्थिक वर्ष २०८२-०८३ को लागि कार्यक्रम संशोधन तथा प्रस्तावित योजना तथा कार्यक्रम सभा समक्ष पेश गरेकी थिइन् । सभामा उपस्थित भएका सबै सदस्यहरुले ताली बजाएर सर्वसम्मत रुपमा पारित गरेका थिए । 


यस्तै उक्त सभामा प्रस्तुत गरिएको ‘बैजनाथ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०८२’ पनि सर्वसम्मत रुपमा पारित भएको छ । विधायन समितिका संयोजक एवम् गाउँ कार्यपालिका सदस्य कृष्णाकुमारी सुनारले सभा समक्ष उक्त विधेयक पेश गरेकी थिइन् । प्रस्तुत भएको उक्त विधेयक पनि सर्वसम्मत रुपमा पारित भएको सभाध्यक्ष शाहीले घोषणा गरे ।

सभालाई सम्बोधन गर्दै पुर्वाधार विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य कमानसिंह सुनारले पुर्वाधार निर्माणको काम गर्दा अनुगमन कार्यलाई जोड दिइएको बताए । गाउँपालिका अध्यक्ष शाहीले गाउँ सभामा प्रस्तुत भएको ‘योजना तथा कार्यक्रम संशोधन, रकमान्तर तथा प्रस्तावित योजना तथा कार्यक्रम’ र ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०८२’ सर्वसम्मत रुपमा पारित गर्नमा सक्रिय सहभागिता जनाउने सबै सदस्यहरुलाई धन्यवाद दिदै बैजनाथलाई समृद्ध बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

Duduwa Tato hawa Bachau Image


गाउँसभामा सभा(सचिव) एवम् प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय, बैजनाथका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, गाउँपालिकाको प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, लेखा प्रमुख पूर्णप्रसाद जैसी, योजना शाखा प्रमुख डोटी नेपाली, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल, आन्तरिक लेखा परीक्षक प्रमुख उपेन्द्र ढुंगाना, रोजगार संयोजक अमृत सुनार, अन्य कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।