राप्तीसोनारीको १८ औँ गाउँ सभा सम्पन्न

राप्तीसोनारीको १८ औँ गाउँ सभा सम्पन्न

नेपालगन्ज २५ पुष : राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभाले गाउँपालिकाका महत्वपूर्ण नीतिगत र वित्तीय निर्णयहरू स्वीकृत गरेकोछ । 

कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, बजेट संशोधन, बेरुजु फछ्यौट र करार कर्मचारीको म्याद थप जस्ता महत्वपूर्ण विषयहरू प्रस्तुत र पारित गरिएको थियो ।

सभाले राप्तीसोनारी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, २०८२, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ र बजेट संशोधन, बेरुजु फछ्र्यौट र करार कर्मचारीको म्याद थप लगायतलाई सर्वसम्मत रुपमा पारित गरिएको छ । लेखा समितिका संयोजक केशवराम दमाईले गाउँपालिकाको आर्थिक वर्षको खर्च, राजस्व संकलन र बजेट कार्यान्वयनको समीक्षा गर्दैे प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

Duduwa Tato hawa Bachau Image

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीका अनुसार सभामा गाउँपालिकाका प्रवक्ता एवम् कार्यपालिका सदस्य तथा वडा नम्बर–४ का वडाअध्यक्ष मिनराज खड्का, वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल, वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल चौधरी र कार्यपालिका सदस्य केशव दमाई लगायतले धारणा राखेका थिए ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत ऐडी, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।