बैजनाथको चौथो उपप्रमुख कपको तयारी तीब्र

बैजनाथको चौथो उपप्रमुख कपको तयारी तीब्र

रामपु(बाँके) २ माघ : चौथो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी तीब्र पारिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा यही माघ ४ गतेदेखी उक्त प्रतियोगिता सुरु हुँदैछ । 

प्रतियोगिताको तयारीका लागि शुक्रबार गाउँपालिका कार्यालय रामपुरमा उपसमितिका पदाधिकारीहरुसँग अन्तरक्रिया गरिएको छ । 

अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले प्रतियोगितामा सबैको सक्रिय सहभागिता हुनुपर्ने बताइन् । सबैले आ–आफ्नो तर्फबाट भूमिका निभाउनुपर्ने उनले सुझाव दिइन् । विगतका प्रतियोगितामा पनि सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रसंशा गरिन् ।


Duduwa Tato hawa Bachau Image

अन्तरक्रिया कार्यक्रममा शिक्षा शाखामा कार्यरत लालबहादुर बोहराले प्रतियोगितालाई सफल पार्न सचिवालयसहित विभिन्न उपसमिति निर्माण गरिएको बताए । 

उक्त अन्तरक्रिया कार्यक्रममा सचिवालय तथा विभिन्न उपसमितिका संयोजक तथा पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।