कुन दलका कति उम्मेदवार ?
नेपालगन्ज ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक भएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गरेकामध्ये ६८ दलका दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारसहित कुल तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ ।
यो पनि उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
नेपाली काँग्रेस र नेकपा (एमाले) दुई दलले मात्र १६५ क्षेत्रमा उम्मेदवार उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १६३, नेपाल मजदुर किसान पार्टीले १२१ क्षेत्रमा उम्मेदवार उठाएका छन् ।
यो पनि प्रतिनिधि सभा सदस्य निर्वाचन : देशभर तीन हजार ४२८ जनाको उम्मेदवारी दर्ता
यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १६३ स्थानमा नै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले १३०, मङ्गोल नेसनल अर्गनाइजेसनले ११३, आम जनता पार्टीले १०२, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टीले १०८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नौ वटा राजनीतिक दलले एक निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएका छन् ।
यो पनि मनोनयनपत्र दर्ताको तयारी पूरा, यस्तो छ निर्वाचन कार्यक्रम
यो पनि निर्वाचन आचारसंहिता लागू: ककसलाई लाग्छ आचारसंहिता ?
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि आज माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । उजुरीउपर जाँचबुझपछि माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ र निर्वाचन चिह्न प्रदान हुने छ ।
यो पनि आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
यो पनि निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतले के–के गर्नुपर्छ ?
यो पनि निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत
यो पनि आज १६५ वटै क्षेत्रमा एकैसमयमा निर्वाचन अधिकृतको कार्यालय खुल्दै





0 Comments