शीर्ष नेता को कहाँबाट ?

शीर्ष नेता को कहाँबाट ?

नेपालगन्ज ७ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केही शीर्ष नेताले निर्वाचन क्षेत्र बदलेका छन् । काठमाडौँ–४ बाट लड्दै आएका काँग्रेस सभापति गगनकुमार थापाले सर्लाही ४ बाट मनोनयन दर्ता गरेका छन् ।

यो पनि उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)

महामन्त्री प्रदीप पौडेलले काठमाडौँ–५ र अर्का महामन्त्री गुरुराज घिमिरेले मोरङ–४ बाट मनोनयन दर्ता गरेका छन् । सहमहामन्त्री उदयशमशेर राणाले ललितपुर–१ बाट मनोनयन दर्ता गरेका छन् । यस्तै काँग्रेस नेता शेखर कोइरालाले मोरङ–५ बाट मनोनयन दर्ता गरेकाछन् ।

यो पनि  कुन दलका कति उम्मेदवार ?

यो पनि  प्रतिनिधि सभा सदस्य निर्वाचन : देशभर तीन हजार ४२८ जनाको उम्मेदवारी दर्ता

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा


सुनसरी–३ मा विजयकुमार गच्छदार र ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन दर्ता भएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट मनोनयन दर्ता गरेकाछन् । वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौँ–५ बाट उम्मेदवारी दिएका हुन् । यसअघि पोखरेल सोही क्षेत्रबाट पराजित भएका थिए । उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी–२, सचिव महेश बस्नेतले झक्तपुर–२ बाट मनोनयन दर्ता गरेका छन् । उपमहासचिव लेखराज भट्टले कैलाली–४ बाट र निवर्तमान सभामुख देवराज घिमिरे झापा–२ बाट प्रतिस्पर्धा गर्दै छन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । प्रचण्ड यसअघि गोरखाबाट निर्वाचित भएका थिए । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहट–१ बाट मनोनयन दर्ता गरेकाछन् । यस्तै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाही–३, शक्तिबहादुर बस्नेतले जाजरकोट र वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दिएकाछन् ।

Duduwa Tato hawa Bachau Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका छन् । यस्तै वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दिएका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा–२, सहमहामन्त्री विपिन आचार्यले दाङ–२ र यसअघि काठमाडौँ–२ बाट निर्वाचित सोबिता गौतमले चितवन–३ बाट उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । 

निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर–२, कुलमान घिसिङले काठमाडौँ–३, बब्लु गुप्ताले सिराहा–१ र महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । खरेल र गुप्ताले रास्वपाबाट उम्मेदवारी दिएका हुन् । घिसिङले उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

यो पनि मनोनयनपत्र दर्ताको तयारी पूरा, यस्तो छ निर्वाचन कार्यक्रम 

यो पनि निर्वाचन आचारसंहिता लागू: ककसलाई लाग्छ आचारसंहिता ? 

यो पनि आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास 

यो पनि निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतले के–के गर्नुपर्छ ?

यो पनि निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत

यो पनि आज १६५ वटै क्षेत्रमा एकैसमयमा निर्वाचन अधिकृतको कार्यालय खुल्दै 

यो पनि १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम