हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
नेपालगन्ज २७ माघ : नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले नेपाली काँग्रेस २००७ सालदेखी जेनजी आन्दोलनसम्म परिवर्तनकारी भूमिकामा रहेको बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ मा नेपाली काँग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हरेक कालखण्डमा काँग्रेसले जनताको भावना अनुरुप आफुलाई परिवर्तन गरेको छ, युवाहरुको भावना समेट्ने गरी, दिदी बहिनी, अग्रजहरुकोे भावनालाई समेट्नेगरी आफुलाई परिवर्तन गरेको छ ।’
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
नेपाली काँग्रेस परिवर्तन भएर नै अहिले आफ्नै चुनाव चिन्हमा मत हाल्न पाएको कोइरालाले बताए । नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको स्मरण गर्दै उनले संविधान पिता स्वर्गीय सुशिल कोइरालाको संविधान निर्माण गर्नमा ठुलो योगदान रहेको बताए ।
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
‘हरेकको अधिकारलाई संविधानले समेटेको छ, संविधान जारी गरेपनि कही न कही नेतृत्व चुक्नु भएको थियो, ठुला दलका नेताहरु कही न कही पछिल्लो अवस्थामा विचलित हुनु भएको हो, त्यो कुरा हामीले स्वीकार गर्नुपर्छ, त्यो स्वीकार गर्ने पार्टी पनि काँग्रेस नै हो,’ उनले भने ।
बाँके जिल्लामा जति पनि विकासका काम भएका छन्, ति सबै ठुला कामहरु कांग्रेसले गरेको उम्मेदवार कोइरालाले बताए । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ का सभापति रामु चिडिमारको सभापतित्वमा सम्पन्न भएको उद्घाटन शत्रमा नेपाली काँग्रेसका पुराना नेता एवम् नेपाल रेडक्रस सोसाइटीका पुर्वकेन्द्रिय उपाध्यक्ष अजितकुमार शर्मा, लुम्बिनी प्रदेशकी सांसद मिना बोहरा (सिद्धिकी), नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर एवम् महासमिति सदस्य उमा थापामगर, नेपाल महिला संघ बाँकेका सभापति नारायणी रुपाखेती, नेपालगन्ज–१२ का वडाअध्यक्ष एवम् नेपाली काँग्रेस क्षेत्र नम्बर– २ का सहसचिव तरुण बज्राचार्य लगायतले बोलेका थिए ।
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments