चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय
नेपालगन्ज १ फाल्गुन: नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार अमर सिंह पुनले आफ्नो चुनावी प्रचारलाई घरदैलो तथा टोल भेटघाटमार्फत तीव्र बनाएका छन् ।
काँग्रेसको लुम्बिनी प्रदेश सभापति समेत रहेका उनी समुदायका विभिन्न समूहसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय देखिएका छन् ।
यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन
पुनले भेटघाटका क्रममा त्यस क्षेत्रका युवाहरूलाई रोजगारी र उद्यमशीलताका अवसरहरू प्रदान गर्ने योजना प्रस्तुत गरे । साथै, महिला अधिकार, शिक्षा पहुँच, स्वास्थ्य सेवा सुधार र पूर्वाधार विकास जस्ता विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
उनी स्थानीय बासिन्दासँगको अन्तरक्रियामा काँग्रेसले विगतमा गरेका विकास योजनाहरूको प्रगति देखाउँदै आगामी दिनमा थप सुधार गर्ने योजनाहरू सार्वजनिक गरेका छन् । उनका समर्थकहरू भन्छन्, पुनको सक्रिय र जनसहभागी शैलीले मतदातामा सकारात्मक प्रभाव पारेको छ ।
यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर
यसैक्रममा पुनले शुक्रबार बैजनाथ गाँउपालिका वडा नम्बर–२ मकैबारी, पितमारी, डाँडा गुम्बा, गुननपुर लगायत गाउँमा मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । सो क्रममा पार्टीका महासमिति सदस्य एवम बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, पार्टीका बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी लगायत नेता तथा कार्यकर्ता, सर्बसाधारणको उपस्थिति रहेको थियो ।
यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन
पुनले मतदातासँगको विश्वास र सहकार्यलाई आफ्नो सफलता सुनिश्चित गर्ने मुख्य आधार बनाउने दाबी गरेका छन् । बाँके क्षेत्र नम्बर–३ मा बैजनाथ, खजुरा, जानकी गाउँपालिकाका सबै वडा तथा नेपालगञ्ज उपमहानगरपालिकाको १६ र १७ नम्बर वडाहरु पर्दछन् ।
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता





0 Comments