जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव

नेपालगन्ज ८ फागुन : नेपाली काँग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालासँग जेनजी युवाहरुले आफुहरुको भावना अनुसार काम गर्न सुझाव दिएका छन् ।

नेपालगन्जमा बिहीबार विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका युवाहरुले नेपालको राजनीतिप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने गरी काम गर्न आग्रह पनि गरे ।

विगतमा केही नेताले गल्ती गर्दा जेनजी आन्दोलन उत्पन्न भएको स्मरण गराउँदै उनीहरुले नेपाली काँग्रेसले भने आफुलाई परिवर्तन गरेर यो निर्वाचनमा नयाँ अनुहारलाई उम्मेदवार बनाएकोमा खुसी ब्यक्त गरे ।

यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता

‘यो निर्वाचन सामान्य हुँदै होइन, युवाले परिवर्तन खोजिरहेका छन्, यस्तो बेलामा नेपाली काँग्रेस जस्तो पुरानो पार्टीले आफुलाई परिवर्तन गरेर नयाँ पुस्तालाई नेतृत्व सुम्पियो र निर्वाचनमा बाँकेको क्षेत्र नम्बर–२ मा जस्तै अरु धेरै ठाउँमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ, यो सकारात्मक कुरा हो,’ एक युवाले भने ।

कार्यक्रममा बोल्ने अधिकांस युवाले सरकारी र प्राइभेट स्कुल तथा कलेजको शिक्षामा भइरहेको फरक, युवाहरुमा ब्याप्त रहेको लागु औषध दुब्र्यशनी, बेरोजगारी समस्या लगायत विषयमा नीतिगत रुपमा पहल गर्न उम्मेदवार कोइरालालाई आग्रह गरेका थिए । सो क्रममा नेता कोइरालाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सबैभन्दा पहिले नेपाली काँग्रेसले नै नेतृत्व र आफ्नो नीतिमा परिवर्तन गरेको स्मरण गराए । आफुले जेनजी युवा भाई बहिनीको भावना अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाए । जेनजीको रगतलाई आफुले कत्तिपनि खेर जान नदिने उनको भनाई छ ।

निर्वाचनमा आफुलाई जिताउने अभियानमा लाग्न युवाहरुलाई कोइरालाले आग्रह गरे । सो क्रममा थुप्रै युवाहरुले सुझाव, जिज्ञासा तथा विभिन्न अपेक्षाहरु राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, महासमिति सदस्य उमा थापामगर लगायत नेताहरुको पनि उपस्थिती रहेको थियो । 

उम्मेदवार कोइरालाले बिहीबार नै बाँके क्षेत्र नम्बर–२ का दलित अगुवाहरुसँग छलफल गरेर आफुलाई निर्वाचनमा सहयोग गर्न अपिल गरेका थिए । 

यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला

Duduwa Tato hawa Bachau Image

दलितका लागि आवाज उठाउने र अवसर दिने पार्टी नेपाली कांग्रेस मात्र भएको उनले बताए । सो क्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसकी नेतृ एवम लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली(वादी) लगायत दलित समुदायका प्रतिनिधिले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता

कोइरालाले महिला स्वास्थ्य स्वयं सेविकालाई पनि बिहीबार भेट गरेर महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका महत्वपूर्ण रहेपनि राज्यले उनीहरुको योगदानलाई उचित ढंगले कदर गर्न नसकेको बताएका थिए । मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य सचेतना फैलाउनमा महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

कोइरालाले बिहीबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, वडा नम्बर–१ र वडा नम्बर–१८ मा मतदाता भेटघाट तथा घरदैलो गरेका छन् । घरदैलोमा नेपाली काँग्रेसका वडादेखी जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । कोइराला बिहीबार महेन्द्र पुस्तकालयमा आयोजित संवाद कार्यक्रममा पनि सहभागी भएका थिए ।

यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने

यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्

यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता 

यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’

यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील

यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद 

यो पनि  शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण 

यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला 

यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै 

यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला 

यो पनि  हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला 

यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’

यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’

यो पनि  जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली काँग्रेस हो : उम्मेदवार कोइराला 

यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना 

यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता 

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा