‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : उम्मेदवार पुन

‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : उम्मेदवार पुन

खजुरा(बाँके) ८ फागुन : खजुरामा लुम्बिनी प्राविधिक विश्व विद्यालयको भवन व्यवस्थापनमा काँग्रेसले आवश्यक पहल गर्ने बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर–३ का उम्मेदवार अमरसिंह पुनले प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति समेत रहेका पुनले मतदाता भेटघाटका क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पुनले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई यस क्षेत्रकै गौरवको आयोजनाको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । 

यो पनि ‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन

उनले भने, ‘विशेष गरी बाँके र बर्दियाका जनतालाई गर्व महसुस गराउने उद्देश्यले लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरामा सञ्चालन गर्ने तत्कालिन प्रदेश सरकारले निर्णय गरेको थियो, त्यसमा हामी सबैले पहल गरेका थियौं । अब प्राविधिक विश्वविद्यालयको भवन व्यवस्थापनको समस्या समाधान गरेर खजुरामै पठनपाठन सुरु गर्न पहल गर्छौ ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ८ मा प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, आवश्यक पुर्वाधार अभावका कारण प्राविधिक विश्व विद्यालयलाई यस क्षेत्रकै जनताको जीवनस्तर उकास्ने योजनाको रुपमा व्यवस्थापन गर्नुपर्ने पुनले बताए ।

यो पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनुपर्छः अमर सिंह पुन

‘प्रविधिलाई समृद्धिको साधन बनाउने हाम्रो लक्ष्य हो, प्रविधिको विकासको लागि नेपाली काँग्रेसले युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र योजना बनाएर काम गरिरहेको छ, प्राविधिक शिक्षालाई समृद्धिसँग जोडेर युवालाई रोजगारी सृजना गर्न काँग्रेसले नयाँ नीति बनाएर काम गर्नेछ,’ उनले भने ।

लुम्बिनी प्रदेशको गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालयको जग्गा व्यवस्थापनको समस्यालाई समाधान गर्न आफुले मुख्य एजेण्डा बनाएर काम गर्ने पुनले प्रतिवद्धता जनाए ।

यो पनि  विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् अमर सिंह पुन

लुम्बिनी प्राविधिक विश्व विद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्था सहित भवन निर्माण र खजुरामै कक्षा सञ्चालनमा सहयोग गर्ने पुनले बताए ।

Duduwa Tato hawa Bachau Image

अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफ्नो शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भाडा वापत विश्व विद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्व विद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु सञ्चालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो ।

यो पनि जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

२०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम सञ्चालन गर्ने कार्यको सुरुवात गरिएको थियो । तर, स्थायी भवनको अभावको कारण विश्वविद्यालयले मासिक रुपमा भाडा तिरेर नेपालगन्ज स्थित कृषि विकास बैंकको कार्यालयको भवनबाट पठन–पाठन सञ्चालन गरिरहेको छ ।

विश्वविद्यालयले नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयको भवनलाई पाँच वर्षका लागि भाडामा लिने सम्झौता गरेको छ । मासिक भाडा वापत ३ लाख ५० हजार रुपैयाँ विश्व विद्यालयले तिरिरहेको छ ।

यो पनि  अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’

यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय 

यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन 

यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर 

यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता