‘सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने’ इस्तियाकको प्रतिबद्धता
नेपालगन्ज ८ फागुनः बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन् ।
बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ लगदाहवा गाउँमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार पूर्वमन्त्री राई स्वयं मतदाताको घर–घरमा पुगेर प्रत्यक्ष संवाद गरेका थिए ।
घरदैलो अभियानमा वडा नम्बर–१८ का वडा अध्यक्ष दीपक वर्मा सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा पूर्वमन्त्री राईले वडा नम्बर–१८ को समग्र विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले लगदाहवा क्षेत्रको सडक स्तरोन्नति, ढल व्यवस्थापन, स्वच्छ खानेपानी आपूर्ति, स्वास्थ्य सेवा विस्तार तथा युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए ।
“विकासको अनुभूति घर–घरमा पुग्नेगरी काम गर्ने मेरो प्रतिबद्धता हो,” राईले भने, “स्थानीय आवश्यकता बुझेर योजनाबद्ध ढंगले अघि बढ्छौं।”
कार्यक्रममा स्थानीय मतदाताहरूले पनि खुला रूपमा आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए । पूर्वमन्त्री राईले ती सबै सुझावलाई प्राथमिकताका साथ समेटेर अगाडि बढ्ने विश्वास दिलाए ।
यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा
वडा अध्यक्ष दीपक वर्माले स्थानीय तह र संघीय प्रतिनिधिबीच प्रभावकारी समन्वयमार्फत विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै मतदाताको साथ र विश्वासलाई सम्मान गर्ने बताए ।
घरदैलो कार्यक्रमपछि स्थानीय बासिन्दामा चुनावी माहोल थप तातिएको छ। विकास र रोजगारीको स्पष्ट प्रतिबद्धतासहित अघि बढेका पूर्वमन्त्री राईप्रति वडा नम्बर–१८ का मतदातामा सकारात्मक चासो देखिएको छ।
यो पनि एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने
यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक
यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’
यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !
यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई





0 Comments