नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो
नेपालगन्ज ८ फागुन : नेकपाको तर्फबाट बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका–१९ अन्तर्गत मोहनपुर फारम क्षेत्रमा घरदैलो गरेका छन् । बस्तीका टोल–टोल र खेत–खलियानसम्म पुगेका उनले मतदातालाई भेटेर मतदान गर्न आग्रह गरेका छन् ।
यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता
मोहनपुर फारम कृषिमा निर्भर क्षेत्र पनि भएकाले त्यहाँका किसानले सिँचाई, मल–बीउ, उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका विषय उठाएका थिए । उम्मेदवार बिष्टले ती समस्यालाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषिलाई आधुनिक, प्रविधिमैत्री र व्यवसायिक बनाउने योजनाबारे समेत स्पष्ट धारणा राखे ।
यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता
घरदैलोका क्रममा स्थानीय महिला समूह, युवा र ज्येष्ठ नागरिकसँग पनि छुट्टाछुट्टै संवाद गरिएको थियो। रोजगारी सिर्जना, सीप विकास तालिम, सडक सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तारबारे भएको छलफलले कार्यक्रमलाई सार्थक बनाएको सहभागीहरूको भनाई छ।
यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै
यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता
यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि
यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद
यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता





0 Comments