पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
नेपालगन्ज ८ फागुन : नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्देवार मोहम्मद इश्तियाक राईले आफ्नो निर्वाचन क्षेत्रका धार्मिक–सांस्कृतिक धरोहरहरूको संरक्षण र सम्बद्र्धनमा आफू प्रयत्नरत रहेको बताएकाछन् ।
नेपालगन्ज र डुडुवाका विभिन्न वडाहरूमा घरदैलो तथा समूहगत छलफलका क्रममा उम्मेदवार राईले फरक धर्म–संस्कृतिहरू बीच पारस्परिक सम्मान र सद्भाव अभिवृद्धि गर्दै निर्वाचन क्षेत्र नं २ को बेग्लै परिचय स्थापित गर्ने आफ्नो सोँच सुनाए ।
यो पनि ‘सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने’ इस्तियाकको प्रतिबद्धता
सामाजिक सम्बन्धमा मधुरता र खुसहाल वातावरण बनाउन सकेमा नेपालगन्जमा धार्मिक–सांस्कृतिक पर्यटनले बढावा पाउने पनि उनको भनाई थियो । नेपालगन्ज र डुडुवालाई आफूले सधैं समान व्यवहार गर्ने गरेको जिकिर गर्दै राईले नेपालगन्ज र डुडुवाबीच पारस्परिकता अझैं बलियो बनाउन आफू प्रयत्नरत रहेको बताए ।
यसैबीच राईले नेपाल पूर्व प्रहरी संगठनका सदस्यहरूसँग नेपालगन्जमा छलफल गरेका थिए । उनले आफू निर्वाचित भएपछि प्रहरीहरूको सेवासुविधा समयानुकूल बनाउन नीतिगत पहल गर्ने आश्वासन दिए । प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहज जीवनयापन हुनसक्ने गरी पारिश्रमिक बृद्धि अत्यावश्यक भइसकेको पनि राईको भनाई थियो । राईले आर्थिक अनियमितता रोक्न पनि प्रहरी कर्मचारीहरूको सुविधामा बढोत्तरी गर्नुपर्ने बताए ।
यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा
यो पनि एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने
यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक
यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’
यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !
यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई





0 Comments