कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित
नेपालगन्ज ९ फागुन : आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का तर्फबाट उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
उनले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकादौ क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमका क्रममा सरल र मिलनसार स्वभावका राईले स्थानीय बासिन्दासँग हातेमालो गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुने । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । “जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्छु,” राईले भने ।
यो पनि “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” : कमरुद्दिन राई
अभियानका क्रममा एउटा भावुक क्षण पनि देखियो । नेपालगन्ज–१८ कै १०३ वर्षीया मायाँ कुर्मीले राईलाई विजयीको आशिर्वाद दिइन् । ज्येष्ठ नागरिकको आशिर्वाद ग्रहण गर्दै राईले आफू थप जिम्मेवार र उत्साहित बनेको प्रतिक्रिया दिए ।
“आमाको आशिर्वादले जनताको सेवा गर्ने मेरो संकल्प अझ मजबुत भएको छ,” उनले बताए । राईले मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसंख्यक समुदायहरूको अधिकार सुनिश्चित गर्ने आफ्नो एजेण्डा रहेको उल्लेख गरे । समावेशी विकास, समान प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा आफू दृढ रहेको उनको भनाइ छ ।
यो पनि जसपाका उम्मेदवार कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै
घरदैलो अभियानलाई तीव्रता दिँदै राईले आगामी दिनमा पनि टोल–टोल पुगेर मतदातासँग संवाद जारी राख्ने जनाएका छन् । स्थानीयस्तरमै बसेर समस्या समाधान गर्ने प्रतिबद्धतासहित उनी मतदाताको विश्वास जित्ने प्रयासमा सक्रिय देखिएका छन् ।
यो पनि ‘मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु’ : कमरुद्दिन राई
यो पनि कमरुद्दिन राईको घरदैलो बन्यो ब्यापक
यो पनि ‘पैसाको बलमा चुनाव जितिदैन, चुनाब जित्न जनताको मन जित्नु पर्छ’ : कमरुद्दिन
यो पनि घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन
यो पनि को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए
यो पनि विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन





0 Comments