मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
नेपालगन्ज ९ फागुन : नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार शुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना अनुसार चल्ने बताएका छन् ।
शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० का राँझा, नयाँ बस्ती, थपुवाका मतदातासंगको भेटमा कोइरालाले युवाहरुको भावना अनुसार सबैभन्दा पहिला आफू बदलिनुपर्छ भनेर नेपाली काँग्रेस बदलिएर आएको स्पष्ट पारे ।
कोइरालाले भने, ‘जेनजी युवाहरुको भावना अनुसार पार्टी पनि बदलिन जरुरी देखेरे नै नेपाली काँग्रेसभित्र पनि परिवर्तन भएको छ । हामी शहादत प्राप्त गरेका युवाहरुको सम्मान गछौं, जसले देशमा युवाको भावना अनुसार अगाडि बढ्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।’
प्रतिनिधि सभा सदस्यको हैसियतले सधैं भ्रष्टाचारको बिरुद्ध र सुशासनको पक्षमा आफ्नो आवाज बुलन्द रहने कोइरालाले उल्लेख गरे । ‘देशमा एकदमै आवश्यक भनेको भ्रष्टाचार नियन्त्रण रहेको छ, त्यस कारण मेरो आवाज भ्रष्टाचारको बिरुद्धमा सदैब रहनेछ र म तपाईंहरुको छोरा–भाइ–भतिज–दाई भएको नाताले एक रुपैयाँ पनि भ्रष्टाचार गर्नेछैन,’ कोइरालाले भने । कोइरालाले नेपाली युवाको बिदेशिने बाध्यता अन्त्यका लागि आफ्नो प्राथमिकता रहने बताए । उम्मेदवार कोइरालाले त्यसक्रममा घरदैलो समेत गरेका थिए ।
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
सो क्रममा मतदाताले कोइराला नयाँ उम्मेदवार र केही गर्न चाहने देखिएको हुँदा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनीहरुले आफ्नो क्षेत्रको समस्या समाधानका लागि आवश्यक कार्यहरु गर्नुपर्ने कोइरालालाई सुझाएका थिए ।
थपुवाका महेन्द्र जोशी, टंक बहादुर शाही, राँझा टोलका सन्तोष कुमार शर्माले कांग्रेसले युवा र स्वच्छ छविको ब्यक्तिलाई उम्मेदवार बनाएकाले काँग्रेसको रुख चुनाव चिन्हमा मतदान गर्न आफूहरु आतुर रहेको बताए । काँग्रेस बदलिएर आएकाले काँग्रेसले जनतामा आशा जगाएको उनीहरुको भनाई छ ।
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments