मतदाताका घरघर पुग्दै इश्तियाक राई
नेपालगन्ज १२ फागुन : नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले घर–घर पुगेर आफ्नो पक्षमा मतदाताहरूको समर्थन जुटाउन सक्रियता बढाएकाछन् ।
उम्मेदवार राईले आज विहान नेपालगन्जको वडा नं १३, वडा नं १४ र वडा नं १८ का टोल–वस्तीमा पुगेर आफ्नो निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मतदाताहरूसँग आग्रह गरे ।
यो पनि चुनावी एजेण्डा बोकेर उम्मेदवार राई मतदाता माझ
यो पनि नेपालगन्ज– १ मा इश्तियाक राईको घरदैबलो र कोण सभा
उम्मेदवार राईले सहरी विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगिरहेका छन् । उनले नीतिगत व्यवस्थामार्फत सामाजिक–संरचनागत सुधारलाई पनि आफ्नो चुनावी अजेण्डा बनाएकाछन् । भुजईगाउँमा राईले नवयुवा मतदाताहरूसँग उहाँहरूको चाहनालाई आफूले कसरी सम्बोधन गर्न सक्छु भनेर जिज्ञासा राखेका थिए ।
लागुऔषधको समस्याले नेपालगन्जमा संकटको रूप लिन थालेको भन्दै राईले युवाहरूलाई कुलतबाट जोगाउन र रोजगारी, खेलकुद र सामाजिक गतिविधिहरूमा संलग्नताको अवसर बढाउन प्रयत्नरत रहेको बताउँदै आएकाछन् । जेन–जी उमेरमै राजनीतिमा आएर आफूलाई स्थापित गर्नुभएका राईले नवयुवाहरूको मनमा उठ्ने प्रश्नहरूबारे आफू धेरथोर जानकार रहेको पनि बताए ।
यो पनि पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
यो पनि ‘सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने’ इस्तियाकको प्रतिबद्धता
यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा
राईको आज (मंगलबार) विहानको घरदैलो नेपालगन्ज नगरपालिकाका प्रायः ग्रामीण इलाकामा केन्द्रित थियो । उनले वडा नं १३ को लोलियनपूर्वा, वडा नं १४ को मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगंज तथा वडा न १८ को भुजइगाउँ क्षेत्रमा घरदैलो गरेका थिए ।
यो पनि एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने
यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक
यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’
यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !
यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई





0 Comments