मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला
नेपालगन्ज १३ फागुन : चुनाव केन्द्रित घरदैलोमा रहेका बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार युवा नेता सुधांशु कोइरालासँग नेपाल प्रेस युनियन प्रतिनिधिले हिँड्दा–हिँड्दै विभिन्न वडामा पुगेर संवाद गरेका छन् । उनीसँग गरिएको संवादका मुख्य अंशः
पहिलो पटकमै संसदीय उम्मेदवार हुनुभयो लक्ष्य के हो तपाईंको ?
-मलाई मेरो पार्टीले विश्वास गरेको छ, अबको लक्ष्य जनताको विश्वास जित्ने नै हो ।
संसदीय क्षेत्रमा तपाँईका चुनावी मुद्दाहरु के–के हुन् ?
-मुलतः संविधानको कार्यान्वयन र त्यसमाथि आवश्यक सुधार नै हुन, लोकतान्त्रिक व्यवस्था मजबुत गर्नु नै नेपाली काँग्रेसको र मेरो मुद्दा हो । त्यसका लागि राजनीतिक स्थायीत्व हो । साथमा यस क्षेत्रको भौतिक विकासमा मेरो भूमिका सक्रियताका साथ रहने छ ।
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
तपाँईले यस क्षेत्रका स्थानीय आवश्यकतालई कसरी केलाउनु भएको छ नि ?
-यो महत्वपुर्ण विषय हो । नेपालगन्ज र डुडुवा क्षेत्रमा भौतिक विकासका लागि संसदमा आवाज उठाउनेछु । बजेट वितरण गर्दा जोडदार रुपमा मेरा दावि रहनेछन् । भौतिक विकास, प्रविधि क्षेत्रको विकास, रोजगारी, पर्यावरणीय मुद्दा, शहरीकरणको वैज्ञानिक व्यवस्थापन, खेलकुद र खेलाडीको सर्वाङ्गीण विकास, अल्पसंख्यक समुदायको हक र अधिकारको प्रत्याभूति मेरा मुद्दा हुन् । यी विषय व्यापक छन, म यति भन्छुकी एउटा सासंसदले खेल्नुपर्ने भूमिकामा म चुक्ने छैन् ।
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
तपाईंको मुख्य प्रतिष्पर्धा कोसँग हो भन्ने लागेको छ ?
-उम्मेदवारी दर्ता गराएका सबैसँग स्वस्थ प्रतिष्पर्धा हो भन्ने ठान्छु, तर मुख्य–मुख्य राजनीतिक दल नै प्रतिष्पर्धी हौं ।
घरदैलोमा हिँड्दा बाँकेको क्षेत्र नं. २ का मतदाताहरुको ‘मुड’ बुझ्नुभयो त ? अनि चुनाव जित्ने आधार के–के हुन् ?
-नेपाली काँग्रेस लोकतान्त्रिक पुरानो एक मात्र दल हो, मतदाताहरुमाथि पुर्ण विश्वास गर्दछु । तर, मतदाताहरु कुनै दबाव र प्रभावमा पर्नु हुँदैन् । चुनाव जित्ने मुख्य आधार नै काँग्रेसको सिद्धान्त र कार्यक्रम हो । हामी उम्मेद्वारहरुका कार्यशैली र विगतलाई मतदाताले केलाउनुहोस् भन्छु । व्यवस्था, कार्यक्रम र कार्यशैली नै चुनाव जित्ने आधार हुन् । म ब्यक्ति मात्रै केही होईन तर, मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो । व्यक्तिगत रुपमा म एक सचेत नागरिक हुँ अनि पार्टी संगठन मेरा आधार हो । मतदाताले विकास र सुशासन खोजेका छन् ।
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
तपाँई राजनीतिक रुपमा स्थापीत कोइराला परिवारको सदस्य पनि हो नि के यसपटक विरासत फर्काउन सक्नुहुन्छ त ?
-हेर्नुस हामी हाम्रो पारिवारिक पृष्ठभूमीमा गर्व गर्दछौं । विरासत भन्ने मुल विषय होईन । पार्टीले दिने जिम्मेवारी र कामको मुल्यांकन गर्ने परिपाटीलाई आत्मसाथ गर्दछु । बाँकेले केन्द्रिय सभापति र प्रधानमन्त्री पाएको परिवारको सदस्यका नाताले म आँफुलाई सौभाग्यशाली ठान्दछु । यद्यपी पार्टीको निर्णय र क्रियाशिलतामा विश्वास गर्दछु । जनताको मतले स्थापीत हुने परम्मपरा माथि भरोषा गर्दछु । यसपटक मलाई यो क्षेत्रमा काँग्रेसले गुमाएको सिट फर्काउँछु भन्ने आत्मविश्वास छ ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यसपटकको चुनावले तपाँईलाई के विषयलाई स्थापीत गर्नसक्नुपर्छ भन्ने लागेको छ ?
-म फेरी पनि दोहोर्याउँछु कि हामीले लोकतन्त्रिक प्रक्रिया र राजनीतिक स्थायीत्वलाई स्थापीत गराउनु पर्ने छ । अल्पायुमा संसद भङ्ग हुने अस्थिरताबाट देशलाई सुरक्षित गरेर अघि बढ्नुपर्ने हो । भौतिक विकास र बजेटको समान वितरणका लागि मेरा प्रयासहरु निरन्तर जारी नै रहने छन् ।
जेनजी पुस्ताका लागि तपाँईको सन्देश के छ ?
-हरेक परिवर्तनमा युवाको महत्वपुर्ण भूमिका रहन्छ, जेनजी पुस्ताले उठाएको परिवर्तनको आवाज काँग्रेसले नै सम्बोधन गर्न सक्छ, हामी जेनजी पुस्तालाई नेपाली काँग्रेसको लोकतान्त्रिक प्रतिबद्धतालाई विश्वास गर्न अनुरोध गर्दछु । सुशासनको प्रत्याभुति दिलाएर भ्रष्ट्राचार रोक्न हामी शतप्रतिशत काम गर्ने छौं । देशलाई सहि मार्गमा लैजान काँग्रेसको रोडम्यामलाई साथ दिन अपील गर्दछु ।
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments