काँग्रेस सभापति गगन थापा भोलि नेपालगन्ज आउँदै

काँग्रेस सभापति गगन थापा भोलि नेपालगन्ज आउँदै

नेपालगन्ज १३ फागुन : नेपाली काँग्रेसका सभापति गगन थापा भोलि नेपालगञ्ज आउने भएका छन् । 

नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार–प्रसार समितिको आयोजनामा भोलि (बिहीबार) हुन लागेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न सभापति थापा नेपालगञ्ज आउन लागेका  हुन् । भोलि दिउँसो १ बजे जानकी गाउँपलिका–३ स्थित पौवा होटेलको पुर्व रहेको खाली जग्गामा भेला हुनेछ । सभापति थापाले यसअघि विरेन्द्रनगरको विशाल आमसभा सम्बोधन गर्नेछन् ।

‘बाँकेको मुटुमा गगनको आवाज’ नारासहित व्यापक प्रचार–प्रसार थालिएको छ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्नेछन् । 

सभापति थापालाई सुन्न सम्पूर्ण काँग्रेसी जन र आममतदातालाई सार्वजनिक आह्वान गरिएको नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक एवं कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारीले जानकारी दिए । 

Duduwa Tato hawa Bachau Image

नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा नारायण प्रसाद गौडेल, क्षेत्र नं. २ मा शुधान्सु कोइराला र बाँके क्षेत्र नं. ३ मा अमरसिंह पुन प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा प्रतिष्पर्धामा छन् भने समानुपातिक उम्मेदवारका रुपमा दीपनाराण बर्मा र दुखिराम लोनिया छन् । नेपाली काँग्रेसको नेतृत्वमा गगन आएपछि चौतर्फी काँग्रेसको पक्षमा लहर चलेको छ ।