जेनजीका माग सम्बोधन गर्ने क्षमता काँग्रेससँग मात्रै छः उपसभापति शर्मा

जेनजीका माग सम्बोधन गर्ने क्षमता काँग्रेससँग मात्रै छः उपसभापति शर्मा

महोत्तरी १३ फागुन : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीका माग सम्बोधन गर्ने क्षमता काँग्रेससँग मात्रै रहेको बताएका छन्।

जेनजी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरेका हुन् ।

बुधबार महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा काँग्रेसले नै मुलुकलाई निकास दिन सक्ने बताए ।

उनले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत रहेको विश्वास व्यक्त गरे ।

Duduwa Tato hawa Bachau Image

काँग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेण्डासहित अघि बढ्ने भन्दै उनले देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने बताए ।