विर्ताका मुस्लिम महिलालाई मतदाता शिक्षा

विर्ताका मुस्लिम महिलालाई मतदाता शिक्षा

नेपालगन्ज १३ फागुन : आगामी फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरि मुस्लिम महिला महिलाहरुलाई मतदाता शिक्षा कार्यक्रम गरिएको छ ।

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ विर्ता गाउँका मुस्लिम महिलाहरुलाई निर्वाचनमा मतदानका बारेमा जानकारी दिइएको हो ।

अभिमुखीकरणका सहभागी महिलाहरुले विभिन्न निर्वाचनमा भाग लिएपनि अहिलेसम्म मतदान बारे राम्रो ज्ञान नभएर मत बदर हुने गरेको भन्दै नागरिक शिक्षाको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी स्थानीय महिला जमिला खानले भनिन्, –‘हामी पढे लेखेका छैनौ मतदान गर्ने बेला विग्रिन्छ र मत बदर हुन्छ, मतदानबारे हामीलाई अरु समयमा पनि सिकाउन जरुरी छ ।’ चुनावको बेला राजनतिक दल र उम्मेदवार सबै मत माग्न आउँछन तर मतदान गर्ने बारे सिकाउदैनन उनले भनिन् ।

यो पनि बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भुमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा रविन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो ।

Duduwa Tato hawa Bachau Image

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार अभिमुखीकरणमा ६५ जना मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो ।